जनकपुर ।। सङ्घीय सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ । आइतवार मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरेमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्र मार्फत दिइएको छ । पटक–पटक प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गर्दै आएको तर सङ्घीय सरकारले बेवास्ता गर्दै आएकाले बाध्य भएर संघर्षमा उत्रिनु परेको मन्त्री साहले बताउनुभयो । प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाउने कार्यक्रममा मन्त्री साह सहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव,खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा लगायतकाहरूको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here