काठमाडाैं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका तत्कालीन वन अधिकृत भरत बहादुर बुढ्थापा सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन गरेको रकमबाट सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडाँैमा मुद्दा दायर गरेको हो । अख्तियारले वन अधिकृत बुढथापासहित डिभिजन वन कार्यालयका तत्कालीन सव–इन्जिनियर गोरसिंह बडुवाल, असिष्टेण्ट सब–इन्जिनियर हिमाल कुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मान बहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीसँग जनही ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दाबी गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here