काठमाडाैं ।। नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका नेता निधिले भेटघाटको क्रममा नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल गर्नुभएको हो । भेटघाटनको क्रममा नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (पूmलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गर्नुभयो । निधिका प्रेस संयोजक रामजी दाहालका अनुसार निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिनुभएको थियो । यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभङ्गा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गर्नुभएको छ ।
काँग्रेसका नेता निधि र भारतीय सडकमन्त्री गडकरीबीच भेटवार्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।