रौतहट ।। मधेश प्रदेशका सूचना आन्तरिक मामिला तथा संचारमन्त्री भरत मधेश प्रदेशको विकासको लागी रेड टेलिभिजनले विशेष याग्दान गर्ने भन्ने अपेक्षा राखेका कुरा व्यक्त गरे ।
रौतहट सदरमुकाम गौर स्थित रहेको रेड टेलिभिजनले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसरमा रेड टेलिभिजनका संस्थापक स्वर्गीय रामा यादवको सालिक अनावरण कार्यक्रमको प्रमुख अतिथिएको रुपमा रहनु भएका मन्त्री साहले रेड टेलिभिजनले जनताको समस्या बुझेर जनतालाई हामी जस्तो नेताहरुलाई सतर्क गराउन ठूलो भूमिका खेल्ने भन्दै टेलिभिजनको प्रगतिको कामना गरेका थिए ।
टेलिभिजनले वार्षिकोत्सवको अवसरमा आयोजिक कार्यक्रममा मन्त्री साहले अध्यक्ष स्वर्गीय श्रीमति रामा यादवको सालिक अनावरण गरेको थिए ।
जयप्रकाश यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष यादवले मधेश प्रदेश सरकारले सूचना दिने टेलिभिजनलाई पत्रपत्रिकालाई छुट्टै सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश विधायक बाबुलाल साह, नेता बिन्देशवर यादव,दुर्गा भग्वती गाउँपालिका अध्यक्ष शम्भु सिंह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासंघ रौतहट अध्यक्ष प्रेमचन्द्र झा संस्थाका पदाधिकारकारी उपेन्द्र यादव, महिला नेत्री गिता कुशवाहा, को सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here