काठमाडाैं ।। देशभर थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ हजार ९ सय २६ कोरोना परीक्षण गर्दा ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर २ हजार ५ सय ९८ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८८ हजार ८ सय २१ जना र एन्टिजेन विधिबाट १ लाख ४३ हजार ७ सय ९२ जना सङ्क्रमित भएका छन् । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३ सय २४ जना स्वस्थ भएका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म देशभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७१ हजार २ सय ५० पुगेको छ भने ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय २ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here