काठमाडाैं ।। सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आन बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सरकारले अधिकारीलाई असार ६ गते अध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । उहाँ सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्च अदालतले त्यसबेला छानबिन समिति गठन भएको र छानबिन भइहेका बेला निलम्बन गर्न नहुने भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा निर्देशन जारी गरेको थियो । मन्त्रिपरिषद्ले अधिकारीलाई हटाउँदै उक्त जिम्मेवारी दिपु ज्वारचनलाई दिएको थियो । सरकारले अधिकारीलाई सुरुमा चार वर्षका लागि नियुक्ति दिएको थियो । यस्तै निगमभित्र मनपरी गरेको भन्दै उहाँलाई गत जेठ २६ गते तत्कालीन संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्पष्टीकरण सोध्नुभएको थियो । यस्तै, प्रधानमन्त्री शेरवहादुर देउवाले प्रधानमन्त्री भएको १ वर्षपछि आफ्नो परराष्ट्र मामिला सल्लाहकारमा अरुण कुमार सुवेदीलाई नियुक्त गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको छ भने राजस्वसचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here