काठमाडाैं ।। निर्वाचन आयोगले हाल जारी रहेको मतदाता नामावली सङ्कलन भोलिदेखि बन्द गर्ने भएको छ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गरे लगतै आज पत्रकार सम्मेलनको आयोजना गरी आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम बन्द हुने बताएको हो । साथै अनलाइन आवेदन दिएकाहरूले २१ गतेसम्म औठा छाप र फोटो खिचाउन पाउने पनि आयोगले प्रष्ट पारेको छ । आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भएपनि निर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले आवश्यकता अनुसार चाँडै नै दल दर्ताको प्रक्रिया सुरु हुने पनि बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अशोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने गरी निर्वाचन कार्यतालिका तयार पारिने भन्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आयोग तयारीमा जुटेको बताउनुभयो । उहाँले पत्रकारलाई सूचना सङ्कलनका लागि समस्या नहोस् भनेर छुट्टै प्रेस कार्यालयको स्थापना गरिने पनि उल्लेख गर्नुभयो ।
Home मुख्य समाचार भोलिदेखि मतदाता नामावली सङ्कलन भोलिबाट स्थगित, तोकिएकै मितिमा निर्वाचन गराउन आयोग तयारी...
भोलिदेखि मतदाता नामावली सङ्कलन भोलिबाट स्थगित, तोकिएकै मितिमा निर्वाचन गराउन आयोग तयारी अवस्थामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।