काठमाडाैं ।। आर्थिक वर्ष २०७८÷७९ मा नेपालबाट भारतमा हुने निर्यात झण्डै ७३ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्म नेपालबाट भारतमा १३७ दशमलव १८ अर्बको सामान निर्यात भएको छ । जुन नेपालबाट हुने कुल निर्यातको ७९ दशमलव १३ प्रतिशत हो । नेपालको निर्यात सूचिमा भारत पहिलो नम्बरमा पर्ने गरेको छ । नेपालको निर्यातमा ५० दशमलव ५३ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरूको निर्यात भारतमा नै भइरहेकोले नेपालको कुल निकासीमा भारततर्फको हिस्सा बढेको देखिएको केन्द्रले जनाएको छ ।





