एजेन्सी ।। द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । हिजो भएको निर्वाचनमा विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट मुर्मू नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । निवर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल पर्सि सकिने भएकाले मुर्मूले सोमबारमात्रै पदभार सम्हाल्नुहुने भारतीय संचार माध्यमले जनाएका छन् । भारतमा पहिलो पटक आदिवासी महिला राष्ट्रपति बन्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here