रौतहट ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाका एक सय भन्दा बढी नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् ।
लोसपाका गौर नगरपालिकाका नगर कमिटिका सम्पूर्ण पदाधिकारी सदस्यहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका हुन् । गौर नगरपालिका पछि राजदेवी , यमुनामाइ गाउपलिका , दुर्गा भगवती गाउपालिका , माधव नारायण नगरपालिकाका लोसपाका कार्यकर्ताहरु पनि पार्टी परित्याग गर्ने भएका छन् ।
गौर स्थित होटेल सिया पैलेसमा पत्रकार सम्मेलनको आयोजना गरेर लोसपाका नेता कार्यकर्ताहरुले औपचारिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
२०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झा र प्रदेश सांसदमा निर्वाचित भएका बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै पार्टीका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको गौर नगरपालिका वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष श्याम सुन्दर गुप्ताले दावी गरेका छन् ।
पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका पुर्व नगर प्रमुख अजय कुमार गुप्ता , उपप्रमुखका प्रत्यासी उषा झा , वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष राम स्वार्थ यादव , वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष राजेश सिंह भने मोहन सिंह ,वडा सदस्य भैरो महतो , बैजनाथ महतो लगायत १५० जना रहेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकाहरुलाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप पार्टी कार्यकर्ताहरुको रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here