रौतहट ।। उखरमाउलो गर्मीबीच पानी परेपछि रौतहटसहित मशेध प्रदेशका जिल्लामा राहत मिलेको छ । करिब तीन सातापछि बुधबार दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् ।
रौतहटमा पानी नपर्दा अधिकाशं खेतमा रोपाइँ भएको थिएन । अब वर्षापछि धान रोपाइँ गर्न पाइने भएकोले किसान खुसी भएका हुन् । यहाँ तीन साता पछि वर्षा भएको हो ।
पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा यो वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । पानी नपर्दा ’धान अब के होला भनेर आश मारेका थियौं, वर्षाले फेरि आश जगायो,’ रौतहछ किसान रामऔतारले भने, ’अब केही दिन पानीले साथ दिए रोपाइँ सकिन्छ र रोपो पनि फिर्छ ।’ वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको रौतहटका किसानको भनाइ छ । केहीबेरकै भए पनि वर्षाले मधेसका सबैजसो जिल्लामा भएको छ । वर्षाले चर्को घामको रापबाट राहत भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here