रौतहट ।। रौतहटको दुर्गाभग्वती गााउपालिका स्थित वागमती नदिमा नहाउने क्रममा डुवेर बेपत्ता भएको दुई बालकको शव फेला परेको छ ।
ज्ञानोदय ईगलिश बोडिंग स्कूलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गापा ३ मत्सरीका मनोज झाको १३ बर्षिय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासको नाति बर्ष १३ को आदित्य दसको शव फेला परेको हो ।
दुबै बालक सहित ६ जना हिजो विहिवार योजना बनाएर पाठ्यपुस्तक लिई वागमती नदिमा नुहाउन विहान साढे ७ बजे गएका थिए । केही समयपछि अभिभावक हरु खोजतलास गर्दै जाँदा लुगा, पाठ्यपुस्तक, साईकल, चप्पल बागमती किनारबाट बरामद भएपछि विहिवार ११ बजे देखिनै गाउपालिका प्रमुख शम्भु सिंहको सक्रियतामा खोजतलास सुरु गरिएको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानिय बासिन्दाहरु निकै खोजतलास गरेपनि राति हुदा खोज्ने अभियानलाई विश्राम दिईयो ।
शुक्रबार विहानै देखि खोज्ने अभियान अन्तर्गत दुर्गा भगवतिकै वडा नम्बर ३ देखि दक्षिणमा बालक दासको र वडा नम्बर ५ बडहर्वा नजिक निर्माणाधीन पुलको पाया बालक झाको शव बरामद भएको छ ।
रौतहटको बागमती नदिमा डुबेर बेपत्ता भएका दुई को शव बरामद
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












