एजेन्सी ।। श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापक्षले राजीनामा दिनुभएको छ । राष्ट्रपति कार्यालयमा प्रदर्शनकारी पसेपछि देश छाडेर माल्दिभ्स पुग्नुभएका उहाँ उतैबाट सिङ्गापुर पुग्नुभएको छ । सिङ्गापुर पुगेका गोटाबायाले उतैबाट सभामुखलाई इमेल पठाएर राष्ट्रपति पदबाट राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । श्रीलङ्का आर्थिक रूपमा टाट पल्टिएपछि हजारौँ नागरिकले गोटाबायाको राजीनामा माग गर्दै राष्ट्रपतिको निजी निवास प्रवेश गरेका थिए । गोटाबाया भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आउनुभएको छ । प्रदर्शनकारीले उहाँको पनि राजीनामा माग गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here