काठमाडाैं ।। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद रेणु कुमारी यादवले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । उहाँले आज पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गर्नुभएको हो । यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो राजीनामा पत्रमा आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु भनेर पनि उल्लेख गर्नुभएको छ । यादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री बन्नुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।