काठमाडाैं ।। प्रतिनिधि सभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहनुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी रहनुभएको छ । उपसभामुखको निर्वाचन भोलि दिउँसो १ बजेका लागि तोकिएको छ । उपसभामुखको मनोनयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । भोलि दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा ‘प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने’ कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको उपसभामुख पदका लागि एमाले र काँग्रेसको उम्मेदवारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।