काठमाडाैं ।। नेपालमा एकैदिन २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ८ सय ४४ कोरोना परीक्षण गर्दा २ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा २ हजार २७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८० हजार ९ सय ८१ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ७ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ८ सय ५८ पुगेको छ । गत २४ घन्टामा कोरोनाका कारण कसैकोम पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७१ पुगेको छ ।
नेपालमा एकैदिन थपिए २ सय ६० नयाँ कोरोना सङ्क्रमित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।