काठमाडाैं ।। प्रतिनिधिसभाको उपसभामुख पदको लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ । कार्यतालिका अनुसार मनोनयन दर्ता गर्न उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट काँग्रेस सचेतक पुष्पा भुसाललाई उम्मेद्वार बनाउने लगभग सहमति भएको छ । नेकपा एमालेले पनि उपसभामुख पदमा उम्मेद्वार उठाउने तयारी गरेको छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद २०७६ माघदेखि रिक्त छ । संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तत्कालीन नेकपा हुँदा तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here