काठमाडाैं ।। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक छुट्टाछुट्टै बसेपछि पार्टी फुटको सङ्घारमा पुगेको भन्दै कार्यकर्ता चिन्तित बनेका छन् । पार्टीको सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक काठमाडाँैमा बसेको छ भने अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक पनि वीरगञ्जमा जारी छ । दुई समूह दुइतिर समानान्तर बैठकमा बस्ने र एकले अर्कोको खण्डन गर्ने गरेपछि पार्टी लगभग फुटमा गएको छ । कार्यकर्ताहरू भने चिन्तित बनेका छन् । धनुषाका अम्बुप्रसाद साहले नेताहरूको स्वार्थका कारण पार्टी फुट्न नहुने बताउनुभयो । अध्यक्ष यादवले बैठक नबोलाएको, स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनोट, मन्त्री हेरफेर, निर्वाचनमा प्राप्त परिणाम र एक अर्कालाई गरेको अन्र्तघातसम्मको विषयमा दुइ नेताबीचमा मतभेद थियो । जसका कारण पार्टीमा यो अवस्था आएपनि कतिपय कार्यकर्ता अझै पनि पार्टी एक हुनसक्ने विश्वासमा छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरमबीच २०७६ बैशाखमा एकता भएको थियो ।
जसपा फुटको सङ्घारमा, पुगेको भन्दै कार्यकर्ता चिन्तित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।