काठमाडाैं ।। महालेखा परीक्षकको कार्यालयले एक वर्षको बेरुजु एक खर्ब १५ अर्ब पाँच करोड ५० लाख रूपैयाँ रहेको जनाएको छ । कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार नेपालको गत आर्थिक वर्ष २०७७/७८ मा यस्तो बेरुजु देखिएको हो । अहिलेसम्मको बेरुजु चार खर्ब ८३ अर्ब पुगेको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए ।
उक्त प्रतिवेदनअनुसार आर्थिक अनुशासन कमजोर बजेट रकमान्तर आवको अन्तिममा हुने, खरिद ऐन पालना नभएको, सार्वजनिक संस्थानको कमजोर प्रतिफल, निजामती सेवा ऐन पालना नभएको र अनुत्पादक खर्च बढेका कारण बेरुजु बढेको हो ।
नेपालको ऋण १७ खर्ब ३४ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तो ऋणमध्ये ४६.२ प्रतिशत अर्थात् ८ खर्ब २ अर्ब ९४ करोड ३६ लाख वैदेशिक ऋण रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।