काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भइसकेको बताएका छन्।
हाल जनता समाजवादी पार्टीबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।
जसपा गत असोजमा सरकारमा सहभागी हुँदा ६ महिनामा फिर्ता बोलाउने पार्टीभित्र सहमति भएको आधारमा नयाँ मन्त्रीहरू चयन गर्नुपर्ने दबाब छ । केही दिनअघि नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू हेरफेर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here