काठमाडौं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार भएको बताएकी छन् । नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार भएकाले सरकारले यसको दायरा बढाउन ध्यान दिनुपर्छ ।’
मुलुकमा मानवअधिकारको कार्यान्वयन, कानुनी शासनको बहाली तथा राज्य शक्तिलाई जनताको हीतमा लगाउने संविधानको भावना कार्यान्वयनमा गर्न समेत कानुनी शिक्षाको भूमिका हुने उनले बताइन् ।
‘त्यसैले कानुनी शिक्षालाई समयसापेक्ष, व्यवहारिक, अनुसन्धानमूलक, गुणस्तरीय र प्रतिस्पर्धी मूलक बनाउदै लैजानु आवश्यक हुन्छ,’ उनले भनिन् ।
हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा आवश्यक कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने देखिएको राष्ट्रपति भण्डारीले बताइन् । उनले भनिन्,‘दक्ष कानुनी जनशक्ति उत्पादनका लागि भौतिक तथा संस्थागत संरचना विकासका लागि नेपाल सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here