काठमाडाैं ।। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिक्टा सिँचाई निर्माणको काम सुरु भएको १८ वर्षको अवधिमा ७० प्रतिशत सम्पन्न भएको छ । सिक्टा आयोजना निमार्ण सुरू भएको १० वर्षमा सम्पन्न हुने अपेक्षा गरे पनि जग्गा अधिग्रहण, मुआब्जा वितरणमा समस्या र आयोजनाभित्र राष्ट्रिय निकुञ्ज र वनक्षेत्र पर्ने भएकाले सबै कार्यविधि पूरा गरेर मात्र निर्माण कार्य थालेकाले पनि ढिला भएको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण निमार्ण कार्य सम्पन्न गर्न अझै १० वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी विशाल यादवले सीआईएनसँग बताउनुभयो । राप्ती नदीमा बाँध निर्माणगरि ४२ हजार ७ सय ६६ हेक्टर जमिनका लागि सिँचाइ उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको आयोजनामा हालसम्म ७६ करोड २० लाख ८३ लाख खर्च भएको छ । चालु आर्थिक वर्ष १ अर्ब ३७ करोड ५७ लाख बजेट विनियोजन भएको आयोजनालाई आगामी आर्थिक वर्षको लागि एक अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here