काठमाडौं ।। काठमाडौं उपत्यकामा १२ जनालाई हैजा देखिएको छ। स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले विभिन्न स्थानका १२ जनामा हैजा पुष्टी भएको अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘डिल्लीबजार, बागबजार, कपन, थानकोट, बल्खु, नैकाप, सानेपाललगायत स्थानमा हैजा देखिएको छ।’
गत असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here