काठमाडाैं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण सिर्जना भएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘एकता र विभाजनको श्रृङ्खला पार गर्दै हामी यहाँ आइपुगेका छौं । अब चाहिँ हामी सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण बन्दैछ ।’
एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको पनि प्रचण्डको दाबी छ । परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर अझै अघि बढ्ने प्रचण्डको दाबी छ ।
परिवर्तनलाई उल्ट्याउने तत्वहरू अझै लागि परेको उल्लेख गर्दै उनले सचेत रहन पनि आग्रह गरे ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।