यीतेन्द्र शर्मा ।। दक्षिण छिमेकी भारतले नेपालका लागि नया राजदुतको रुपमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ । १९९३ ब्याचका भारतीय विदेश सेवाका अधिकारी श्रीवास्तव हाल, भारतको विदेश मन्त्रालयमा अतिरिक्त सचिवको रुपमा कार्यरत हुनुहुन्छ । चाडै नै उनले आफनो पदीय कार्यभार सम्हालने सम्भावना रहेको छ । भारतीय विदेश मन्त्रालयमा मध्य एशिया विभाग हेर्दै आएका श्रीवास्तव एउटा कुशल एवं सुयोग्य कुटनीतिज्ञ मानिन्छन् । भारत र चीनका सैनिकहरुबीच सन् २०२० मा वास्तविक नियन्त्रण रहेका (एलओसी) मा तनावपूर्ण अवस्था हुँदा त्यसको समाधान गर्नमा उनले महत्वपूर्ण भुमिकाको निर्वाह गरेका थिए । नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा भारतको विदेश सचिव बनाइएपछि रिक्त ठाउँमा उनलाई नियुक्त गरिएको छ ।
भारतको विदेश मन्त्रालयमा पूर्व एशिया विभाग हेर्ने क्रममा उनले जापान चीन, उत्तरकोरिया, दक्षिण कोरिया र मंगोलियासित भारतको सम्बन्धलाई सौहाद्रपूर्ण बनाउनमा ठुलो भुमिकाको निर्वाह गरेका थिए । उनको यस अनुभवले काठमाण्डौं बसाईका कममा पनि दुवै देशलाई फाइदा पुग्ने अपेक्षा गर्न सकिन्छ । नेपालको आर्थिक र राजनीतिक क्षेत्रमा चीनको बढदो प्रभावलाई सन्तुलनमा ल्याउनमा अथवा कम गर्नमा पनि उनको भुमिका हुन सक्ने सम्भावनालाई खारेज गर्न सकिदैन । संघाईमा वाणिज्यमहादुतको रुपमा पनि काम गरि सकेका उनले चीन सितको सीमा विवादलाई साम्य पार्नुलाई उनको विशिष्ट क्षमता दर्शाउँछ । नेपाल र भारतबीच सक्रिय दुईपक्षीय संयन्त्रहरुलाई सक्रिय र फलदायी बनाउनुका साथै सकारात्मक दिशामा बढदै गएको दुई पक्षीय सम्बन्धलाई प्रगाढता प्रदान गर्नमा पनि उनको नेपाल बसाई फलदायी सावित हुनेछ । भारतको सशस्त्र सिमा बल (एसएसबी) का अधिकारी सित भेटवार्ता गरेर सम्भवतः उनले नेपाल र भारतको सीमावर्ती क्षेत्रका दुइ देश जनताको अवस्थाका बारेमा जानकारी लिएका हुन सक्दछन । उनको कार्यकाल दुवै देशमा हित हुने अपेक्षा गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here