काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणको क्रममा मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने प्रष्ट पार्नुभएको छ । अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे आलोचना बढेपछि प्रधानमन्त्री देउवाले आज सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलको क्रममा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका तथ्यहरूमा सत्यता नभएको भन्दै अमेरिकासँग मुलुकको हित विपरित कुनै सम्झौता नगर्ने बताउनुभयो । भेटको क्रममा उहाँले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको पनि प्रष्ट पार्नुभयो । भेटको क्रममो अध्यक्ष प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।
मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्न गरी सम्झौता गर्दिन- प्रधानमन्त्री देउवा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।