काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण दिँदैछ । आज र भोलि पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा उद्घाटन गर्ने तयारी छ । स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो । अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिलाई प्रशिक्षण दिनेछन् । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेले २०५ पालिका प्रमुख र अध्यक्ष तथा २४० पालिकामा उपप्रमुख र उपाध्यक्ष जितेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।