एजेन्सी ।। विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ५४ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३ लाख ३६ हजार ५ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ५४ करोड १ लाख २३ हजार ३ सय ६ पुगेको छ । पछिल्लो समय विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको देखिन्छ । यस्तै गत २४ घन्टामा विश्वभर कोरोनाका कारण ७ सय २४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ६३ लाख ३२ हजार ४ सय ६३ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ४ लाख ८४ हजार १ सय ३ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५१ करोड ६२ लाख ६६ हजार ४ सय २७ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here