काठमाडाैं ।। नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । गएराति मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । मुल्य वृद्धि भएसँगै पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १ सय ६३ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने ग्याँसको मूल्यपनि बढाएको छ । ग्याँस प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेसँगै १ हजार ८ सय रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १ सय ६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने निगमको दाबी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here