काठमाडाैं ।। यसपटकको स्थानीय तह निर्वाचनमार्फत चार नयाँ पार्टी नेतृत्वमा पुगेका छन् । जसमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, सीके राउतको जनमत पार्टी, रविन्द्र मिश्रको विवेकशील साझा र हृदयश त्रिपाठीको जनता प्रगतिशील पार्टी रहेका छन् । नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ पालिका मध्य चार वटाको नेतृत्व पाएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई वटा पालिकामा जित हात पारेको छ भने हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीले रुपन्देहीको मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले जित हात पारेको छ । यसअघि अस्तित्वमा नरहेका दलले पनि यस पटक राम्रो उपस्थिति जनाएका छन्् भने यसपटक र स्वतन्त्र तर्फबाट उठेका उम्मेदवारहरूले पनि जित निकालेका छन् । स्वतन्त्र उम्मेद्वारहरूले कतै जित्नु तथा कतै राम्रो मत ल्याउनुले नागरिकहरू राजनीतिक रूपमा सचेत हुँदै गएको देखिएको विश्लेषण हुने गरेको छ । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नागरिकले विद्यमान दलहरूको विकल्प खोजेको बताउनुभयो । हाल सम्म धरान उपमहानगरको प्रमुखमा राइ, धनगढीको प्रमुखमा गोपाल हमाल, जुम्लाको चन्दननाथ नगरपालिकामा राजु सिंह कठायतले जित हासिल गर्नुभएको छ ।
यसपटकको स्थानीय तह निर्वाचनमार्फत चार नयाँ पार्टी नेतृत्वमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।