रौतहट ।। निर्वाचन अधिकृतको कार्यालय दुर्गाभगतवी गाउँपालिका रौतहट जिल्लामा पहिलो सफल मतगणना सम्पन्न गर्ने पालिका बनेको छ ।
निर्वाचन अधिकृत दिनेश रेग्मीले ४ दिनमा सफल भव्य रुपमा मतगणना निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र समेत वितरण गरि सम्पन्न गर्नु सफल भएका हुन ।
निर्वाचन अधिकृत दिनेश रेग्मी सर संगै अफुहरुले पाएको जिम्मवारी सफल रुपमा सम्पन्न गर्न पाएको र छिटै कार्यपालिका सदस्यहरु समेत चयन गराई निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ गराई पालिका हस्तनान्त्रण गर्न गृह कार्य समेत अगाडी बढाई सकेको सहकाय निर्वाचन अधिकृत देवनाथ यादवले बताउनु भयो ।
दुर्गा भगवती गाापाको अध्यक्षमा नेकपा माओवादीको शम्भु सिंहले ४२ सय ४ मत प्राप्त गरि विजय हुनु भएको छ । उहाको निकटम प्रतिद्धन्दी नेपाली काग्रेशका अरुण साहले २९ सय ८२ मत प्राप्त गरेको छन ।
त्यस्तै उपाध्यमा नेकपा माओवादीका शिला देवी २६ सय ७९ मत प्राप्त गरि विजय हुने भएकी छिनु । उहाँको निकटम प्रतिद्धन्दी नेपाली काग्रेशकी मंजु देवी २३ सय ५७ मत प्राप्त गर्नु भएकी हुन ।
त्यस्तै वार्ड नं. १ मा प्रधुमन चौधरी, १ नं.मा सुरेश चौधरी ३ नं.मा धर्मेन्द्र कुमार झा, ४ नं. रामानन्द प्रसाद यादव र ५ नं. मा धर्मनाथ चौधरी निर्वाचित हुनु भएका छन् । सम्पूर्ण निर्वाचित जनप्रतिनिधि लाई बधाई तथा शुभकामना ।
रौतहट जिल्लामै मतगणना सम्पन्न गर्ने पहिलो पालिका दुर्गा भगवती
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।