तस्विर-कान्तिपुर दैनिक

काठमाडाैं ।। दलित महिला सदस्य तर्फ हालसम्म ३ हजार ६ सय ९९ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट १ हजार ४ सय ५७ जना रहेका छन् । यस्तै नेकपा एमालेबाट १ हजार २ सय ४४ जना दलित महिला सदस्य निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट ६ सय ४० महिला सदस्य निर्वाचित भएका छन् । यसैगरी नेकपा एसबाट १ सय १ जना दलित महिला सदस्य निर्वाचित हुँदा अन्य तर्फबाट २ सय ५७ जना निर्वाचित भएका छन् । वडा अध्यक्षमा भने हालसम्मको परिणाम अनुसार नेपाली काँग्रेसको तर्फबाट १ हजार ५ सय ४० जना निर्वाचित भएका छन् । एमालेको तर्फबाट १ हजार १ सय ६८ जना निर्वाचित भएका छन् । यसैगरी माओवादी केन्द्रको तर्फबाट ६ सय ५९ निर्वाचित हुँदा जनता समाजवादीको तर्फबाट ९४ जना निर्वाचित भएका छन् । यस्तै ३ सय ३ जना भने अन्यले जितेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here