काठमाडाैं ।। गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । हालसम्म ३ सय ३५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । साँझ ५ बजे सम्मको अद्यावधिक तथ्याङ्क अनुसार प्रमुख पदमा नेपाली काँग्रेसले १ सय ४८ स्थानीय तहमा जित हासिल गरेको छ भने १ सय ६० स्थानमा अगाडी रहेको छ । यसैगरी नेकपा एमालेले ९९ स्थानमा जित हासिल गरेको छ भने ९३ स्थानमा अगाडी रहेको छ । माओवादी केन्द्रले ७३ स्थानमा जित हासिल गरेको छ भने ४४ स्थानमा अगाडी रहेको छ । नेकपा एसले ४ स्थानमा जितेको छ भने १५ स्थानमा अगाडी रहेको छ । जनता समाजवादी पार्टी जसपाले ३ स्थानमा जित निकालेको छ भने ३० स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने अहिलेसम्म जित निकाल्न सकेको छैन । तर, ११ स्थानमा अगाडी रहेको छ । जबकी अन्य तर्फका ८ जनाले प्रमुख पदमा जित हात पारेका छन् भने २३ स्थानमा अगाडी रहेका छन् ।
हालसम्म ३ सय ३५ स्थानीय तहको मत परिणाम सार्वजनिक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।