रौतहट ।। रौतहट जिल्लाको इशनाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एस का जय प्रकाश साहले पुर्व मेयर सन्तोष मेहता नगरपालिकामा भ्रस्टाचार बाहेका विकास निर्माणका कार्य नगरेको टिप्पणी गरेका छान !
चुनावी प्रचार प्रसारको क्रममा पत्रकारहरु सित छोटो कुरा गर्दै मेयरका उम्मेदवार साहले विपक्षमा रहेकी तत्कालिन नेपाली कांग्रेसका उम्मेदवार कौशल्या देवी सिन्हाले पनि मेहता संग मिलेर अनियमितता गरेको आरोप समेत लगाए !
मेयर मेहताले विकास निर्माणको लागि संघीय सरकारबाट आएको ५ करोड रुपैया मध्ये १ करोड ५० लाख रुपैया अनियमिता गरेकोले त्यसको विरुद्ध अदालतमा मुद्दा हालेको र सो मुद्दा चल्तीमा रहेको जानकारी गराए !
विकास र समृद्धिको लागि आफु चुनावी प्रतिस्पर्धामा आएको बताउदै साहले इशनाथ नगरपालिकामा नेकपा एस को जित हुने ठोकुवा गरे ! नेपाली कांग्रेसका उम्मेदवार अन्जु झा , लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कौशल्या देवी सिन्हा र नेकपा एमालेका उम्मेदवार सन्तोष मेहता विच प्रतिस्पर्धात्मक अवस्था रहेको स्थानीयहरुले बताएका छन !
औरैयामा कौशल्या देवी सिन्हाको अवस्था बलियो भएको अनुमान गरिए पनि चुनावी दौडमा सिन्हा , झा र साह नै हुने स्थानीयहरूको भनाइ रहेको छ ! पुर्व मेयर मेहताको कार्य देखेर स्थानीयहरू आक्रोशित रहेकोले प्रतिस्पर्धाबाट टाढा हुन् सक्ने अवस्थाको विश्लेषण हुने गरेको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here