रौतहट ।। नेकपा एमालेका नेता एवं पुर्व संविधान सभा सदस्य बबन सिंहले राजदेवी नगरपालिकामा नेपाली कांग्रेस पार्टीका उम्मेदवार चौथो स्थानमा रहने दावी गरेका छन् !
राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा घर दैलो कार्यक्रममा सहभागी भएका नेता सिंहले निर्वाचनमा नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार अंशु सिंह र नेकपा एकीकृत समाजवादी पार्टीका मेयर उम्मेदवार भिखारी प्रसाद यादव विच प्रतिस्पर्धा हुने अवस्था रहेको विश्लेषण समेत गरे !
निर्वाचित भएको अवधिमा पुर्व मेयर नेपाली कांग्रेसका धिरेन्द्र कुमार सिंहले ठेक्दारी बाहेक विकास निर्माणको कार्य नगरी बजेटको चुहावट मात्र गरेको हुदा नगरपालिकाका मतदाता विपक्षमा मतदान गर्ने मानसिकता बनाएकोले कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा आउने अवस्था नरहेको ठोकुवा समेत गरे !
उहाले भने मत माग्न जादा मेयर सिंह सित पाच वर्षमा गरेका विकासको बारेमा जिज्ञासा राख्दा जवाव दिन नसक्ने अवस्थामा देखिएको बताए ! राजदेवी नगरपालिका वडा नम्बर १ मा स्थानीयहरुले गरेको व्यवहार प्रति असन्तुस्टी जनाउदै नेता सिंहले भ्रस्टाचारको विरुद्ध कानुनी बाटो रोज्न सुझाव समेत दिए !
विकास निर्माणको कार्यमा प्रयोग हुने मेशनरी सामग्री खरिद गरि मेयर सिंहले त्यसको प्रयोग आफ्नो निर्माण कम्पनि र शेयर निर्माण कम्पनिको कार्यमा प्रयोग गरेको आरोप लगाए ! सवारी साधनको भाडाको समेत लेखाजोखा नराखेकोले नगरपालिकामा भएको अनियमितताको छानविन हुनु पर्ने जोड दिए !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here