काठमाडाैं ।। इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्नेछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुनेछ । ९ खेलमा ४ मा जित र ५ मा हार ब्यहोरेको दिल्ली ८ अङ्कसहित तालिकाको सातौ स्थानमा रहँदा ९ खेलमा ५ मा जित र ४ मा हारेको हैदरावाद १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छन् । यसअघि राति भएको बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा १६० रन मात्र बनाउन सक्यो । जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ । उसले जारी आइपीएलमा अहिलेसम्म खेलेको ११ खेलमा ६ मा जित र ५ मा हार व्यहोरेको छ । यस्तै १० खेलमा ३ मा जित र ७ खेलमा हार ब्यहोरेको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ ।
आइपीएल क्रिकेटमा आज दिल्ली र हैदरावाद खेल्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।