बाजुरा ।। स्थानिय तह निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न बाजुराका महिलाहरू मदिरा नियन्त्रणमा सक्रिय बनेका छन् । निर्वाचनको समयमा मदिरा सेवन गरी विभिन्न घटनाहरू हुनसक्ने भएकाले मदिरा नियन्त्रण गर्न उनीहरू सक्रिय बनेका हुन् । जिल्लाको जगन्नाथ र स्वामिकार्तिक खापर गाँउपालिकाका महिलाहरूले पनि ३ लिटर भन्दाबढि घरेलु मदिरा नष्ट गरेका छन् । गाँउपालिका भित्रका दलित महिला सशक्तीकरण समुहको सक्रियतामा उक्त मदिरा बरामद गरी नष्ट गरिएको हो । घरेलु मदिराको उत्पादन र सेवनले घरपरिवारमा झगडा हुनुका साथै समाजमा समेत नकरात्मक गतिविधि हुन थालेपछि विशेष अभियान सञ्चालन गरिएको हो । पहिलो पटक मदिरा बरामद भए नष्ट गर्ने, दोस्रो पटकमा मदिरा उत्पादन गर्नेलाई १ हजार, मदिरा सेवन गर्नेलाई ५ सय जरिवाना तिराउने तेस्रोपटकमा मदिरा उत्पादन गर्ने र सेवन गर्ने दुवैलाई प्रहरी समक्ष कानुनी कार्वाहीका लागि पहल गर्ने महिला समुहहरूले चेतावनी दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here