काठमाडाैं ।। चुनावका लागि दल तथा उम्मेदवारको दौडधुप बढेको छ । मतदाता रिझाउन र मत आफ्नो पक्षमा पार्न शीर्ष नेता पनि देश दौडाहमा जुटेका छन् । सत्ता गठबन्ध गरेका दल र प्रमुख प्रतिपक्षी एमालेले देशका मुख्य ठाउँमा चुनावी सभा गर्दै आएको छ । सत्ताको नेतृत्व गरिरहेको काँग्रेसले हिजोदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ । आज हुने सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हिजो नै चितवन पुग्नुभएको छ । यस्तै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने तय भएको छ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चितवनको भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ । नेकपा (एकीकृत समाजवादी) जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा लगायतका दललाई पनि भ्याइनभ्याइ छ । स्वतन्त्र उम्मेदवार पनि प्रचारप्रसारमा जुटेका छन् । ६ वटा राष्ट्रियसहित निर्वाचन आयोगमा दर्ता भएका ७९ दलमध्ये ६६ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here