यितेन्द्र शर्मा
साढे सात दशकअघि भारतबाट छुट्टिएर बनेको इस्लामिक देश पाकिस्तानमा आजसम्म एउटा पनि लोकतान्त्रिक सरकारले आप्mनो ५ वर्षको कार्यकाललाई पूरा गर्न नससकेको परम्प्राले पुनः निरन्तरता पाएको छ । तीन वर्ष सात महीनाको कार्यकालपछि प्रधानमन्त्री इमरान खान पनि विश्वासको मत हासिल गर्न नसकी सत्ताबाट बाहिरिनुप¥यो । पाकिस्तानको राजनीतिमा भुट्टो परिवार र नवराज शरीफको परिवारालई त्यहा“को लोकतान्त्रिक राजनीतिको दुई प्रमुख शक्ति केन्द्र मानिन्छ । भूतपूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ तथा पाकिस्तानको पञ्जाब प्रान्तका भूतपूर्व मुख्यमन्त्री शहबाज शरीफ देशका प्रधानमन्त्री निर्वाचित भएका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए– तालिबान पाकिस्तानका केही सांसदहरूसहित प्रायः सबैजसो विपक्षी दलका सांसदको समर्थनबाट अस्तित्वमा आएको नया“ सरकार सामु देशमा उत्पन्न गम्भीर आर्थिक सड्ढटको मुकाबिला गर्नुका साथै त्यहा“को शासन सत्ताको प्रमुख शक्ति केन्द्र सैन्य प्रतिष्ठानसित सुमधुर एवं समन्वयात्मक राख्नु पनि हुनेछ जुनकि सजिलो हुने छैन । किनभने नवाज शरीफलाई पाकिस्तानमा सेनाको विरोधी नेताको रूपमा चिनिन्छ । यद्यपि नवाज शरीफ पनि सेनाकै सहयोग र समर्थनमा प्रत्येक पटक सत्तामा काबिज भएका हुन् ।
निवर्तमान प्रधानमन्त्री इमरान खान पाकिस्तानका युवाहरूमाझ एक चर्चित एवं लोकप्रिय अनुहार थिए । ब्रिटेनमा शिक्ष्ाँ हासिल गरेका उनले सन् १९९२ को विश्वकप क्रिकेटमा पाकिस्तानलाई विश्व च्याम्पियन बनाउने एकमात्र पाकिस्तानी क्रिकेट क्याप्टेन हुन् । क्रिकेटका कारण पाकिस्तानमा सा¥है चर्चित अनुहार साबित भइरहेका इमरान खानलाई राजनीतिमा ल्याउने उनका सहयोगीहरूले गलत अनुमान गरे । एउटा सफल क्रिकेट क्याप्टेन सफल राजनीतिज्ञ पनि हुन सक्दछ भन्ने कुराको ग्यारेन्टी हुन सक्दैन । इमरान खानको नाम, लोकप्रियता र उत्साहलाई आलोपालो गरी नवाज शरीफ तथा भुट्टोको पार्टीले सदुपयोग ग¥यो । सत्तामा पुगेपछि कहिल्यै फर्किने नगरी इमरान खानको राजनीतिको अन्त्य हुन्छ भन्ने कुरा भरसक पाकिस्तान मुस्लिम लिग (एन) र पाकिस्तान पिपुल्स पार्टीका नेताहरूबीच मतैक्य थियो । अब फेरि पिन इमरान खान पाकिस्तानी राजनीतिको केन्द्रमा आउने कुराको कल्पनासम्म गर्न सकिंदैन ।
इमरान खानलाई पनि पाकिस्तानका अन्य शासकहरूजस्तै पद्च्यूत हुने समयमा यस कुराको अनुभूति हुन थालेको थियो कि मित्र फेर्न सकिन्छ तर छिमेकीलाई फेर्न सकिंदैन । छिमेकी राष्ट्र भारतसित प्रत्यक्ष र परोक्ष गरी ५० पटक युद्धमा पराजित भइसकेको पाकिस्तानले भारतको विरोधलाई नै आप्mनो राष्ट्रवादको प्रमुख अस्त्र बनाएको छ । पाकिस्तानको शासन सत्तामा टिकिरहन भारतको विरोध गर्नैपर्दछ र भारतको जम्मु एवं कश्मीर प्रान्तमा पाकिस्तानको पनि अंशियारी भएको दावी उसले गर्नैपर्छ भन्ने मान्यता त्यस देशको ठोस अडान अथवा राष्ट्रिय अडान बन्न गएको छ । शायद त्यही भएर होला नवनिर्वाचित प्रधानमन्त्री शहबाज शरीफले पनि काश्मिरको विषयलाई आफनो प्रमुख प्राथमिकताको विषय बताए । यो बेग्लै कुरा हो कि उसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखी भारतसित मित्रवत सम्बन्ध बनाउन चाहेको आप्mनो इच्छा पनि व्यक्त गरे । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्रीलाई यस कुराको अब राम्ररी अनुभूति भइसकेको छ कि पाकिस्तान अब भारतप्रति द्वन्द्व गर्न सक्ने अवस्थामा छैन र आगामी दिनमा भारतसित सैन्य प्रतिस्पर्धा र प्रतिद्वन्दिता गर्न मात्रै खोजिरह्यो भने उसलाई लाभभन्दा बढी क्षति नै पुग्नेछ ।
सन् २०१८ मा सत्तासिन भएस“गै प्रधानमन्त्री इमरान खान अमेरिका विरोधीका रूपमा चिनिंदै थिए भने चीनस“ग नजीक हु“दै ग । र, युक्रेनमा आक्रमण भएकै दिन अर्थात् २४ फेबु्रअरीका दिन रूस भ्रमण गरेका खानले आपूm रूस नजीक भएको सड्ढेत पनि गरेका थिए । यतिमात्रै होइन आपूmले मस्को भ्रमण गरेकै कारण वाशिड्डटनले आपूmलाई हटाउन खोजेको भन्दै इमरान खानले हालको राजनीतिक सड्ढटको निम्ति अमेरिकालाई जिम्मेवार ठह¥याए । यतिमात्रै होइन उनकै पार्टीक वरिष्ठ नेता कवाद चौधरीले त पाकिस्तानको लागि विदेशीद्वारा चुनिएको र विदेशबाट आयातित सरकार लादिनु र शहबाजजस्ता व्यक्तिले त्यसको नेतृत्व गर्नुजस्तो अपमान के हुन सक्छ ? भन्ने प्रश्न नै गरे । अमेरिकाले यस आरोपको खण्डन गरेको छ । पाकिस्तानी मिडिया डनस“गको कुराकानीमा उनले भ्रष्टाचारको मुद्दाको पैmसला गर्नु, तोकिएकै दिनमै शहबाज प्रधानमन्त्री हुनु देशका लागि ठूलो अन्याय भएको उनको टिप्पणी थियो । शहबाज र उनका छोरा हम्जाविरूद्ध परेको १४ अर्ब डलरको कालो धनसम्बन्धी मुद्दामा पाकिस्तानको विशेष अदालतले सोही दिन निर्णय गर्न समय तालिका तोकेको थियो तर सो निर्णय पछाडि सारिएको छ । पिटिआईका अधिकांश शीर्ष नेताले शेहबाज कालो धनको मुद्दामा आरोपी भएकोले उनी प्रधानमन्त्री पदका लागि योग्य नभएको आरोप लगाउ“दै आएका छन् । शेहबाजले अहिले पनि भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । सन् २०१९ डिसेम्बरमा पाकिस्तानको भ्रष्टाचार निवारण आयोग नेशनल एकाउन्टिबिलिटी ब्यूरोले शेहबाज र उनका छोरा हम्जाका दुई दर्जन घरजग्गा नियन्त्रणमा लिएर सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धान शुरू गरेको थियो । सोही मुद्दमा सन् २०२० सेप्टेम्बरमा उनी पक्राउ पनि परे । अहिले पन िउनी सो मुद्दाका लागि जमानतमा जेल बाहिर छन् ।
पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शेहबाज शरीफ पाकिस्तानमा तीनपटक प्रधानमन्त्री भइसकेका भूतपूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ तथा पञ्जाब प्रान्तका भूतपूर्व मुख्यमन्त्री हुन् । उनी मुख्यमन्त्री हु“दा पञ्जाबमा ठूलठूला पूर्वाधार आयोजना सम्पन्न भएका छन् । उनी समन्वयकारी नेता मानिन्छन् । शेहबाज पाकिस्तानको शक्तिशाली सेना तथा नागरिक सरकारबीच समन्वयको पक्षपाती हुन् । तथापि उनका आलोचकहरू भने उनले मुख्यमन्त्री रह“दा प्रान्तको स्वास्थ्य तथा कृषि सुधारलाई बेवास्ता गरेको आरोप लगाउ“छन् । शेहबाज शरीफ पाकिस्तानको एक धनाढ्य औद्योगिक घरानाबाट ाएका छन् । सन् २०१७ मा पाकिस्तानको सर्वोच्च अदालतले नवाज शरीफलाई भ्रष्टाचारी ठहर गर्दै प्रधानमन्त्री हुन अयोग्य ठहर गरेपछि उनी बर्खास्त भएका थिए । नवाज शरीफलाई अहिले पाकिस्तानमा सर्वाधिक अनुभवी, परिपक्व, गम्भीर तथा सुझबुझ भएको लोकतान्त्रिक नेता मानिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here