काठमाडाैं ।। नयाँ शैक्षिकसत्र सुरु हुन ११ दिन मात्र बाँकी छ । तर, विद्यालयका किताबको छपाइको काम सकिएको छैन । चारदेखि दश कक्षासम्मका लागि १ करोड ९० लाख किताब छाप्दै आएको जनक शिक्षा समग्री केन्द्रले अझै ४५ लाख किताब छाप्न बाँकी रहेको जनाएको छ । किताब छपाइको जिम्मा पाएको केन्द्रले स्थानीय चुनावको मत्रपत्र छपाइको काममा केन्द्रीत हुँदा किताब छपाइमा ढिला भइरहेको जनाएको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यका अनुसार भोलिसम्ममा मतपत्र छपाइको काम सकिने र त्यसपछि मात्रै छाप्न बाँकी विद्यालयका पुस्तकहरूको छपाई सुरु हुनेछ । कागजको अभावका कारण पनि किताब छपाइ समयमा हुन नसकेको केन्द्रको भनाइ छ । भारतबाट कागज नआउँदा छपाइमा प्रभावित भएको थियो । अब जेठ १५ सम्म किताब छपाइको काम सक्ने योजना रहेको उहाँले बताउनुभयो । आगामी जेठ १ गते बाट नयाँ शैक्षिक सत्र सुरु हुने पक्का भईसकेको छ । तर, किताब छपाइमा ढिलाइ भएकाले यसपटक पनि समयमै विद्यार्थीले पाठ्यपुस्तक नपाउने देखिएको छ ।
नयाँ शैक्षिकसत्र सुरु हुन ११ दिन मात्र बाँकी,अझै ४५ लाख किताब छाप्न बाँकी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।