एजेन्सी ।। रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । रुसको सरकारी ग्यास आपूर्ति कम्पनीलाई ग्यास खरिद गरेको रकम रुसी मुद्रा रुबलमा भुक्तान नगरेकोले आजदेखि ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको हो । पोल्याण्ड र बुल्गेरियाले रुसी मुद्रामा रकम भुक्तान नगर्ने भनेपछि रुसले यस्तो चेतावनी दिएको हो । बीबीसीले लेखे अनुसार युरोपियन युनियन र नेटोका यी दुई सदस्या राष्ट्रलाई उर्जा क्षेत्रको सबैभन्दा राम्रो मुलुक मानिन्छ । गत महिना मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “गैर–मित्र राष्ट्र” लाई डलरको साटो रुबलमा भुक्तान गर्नुपर्ने घोषणा गर्नुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।