प्रतिकात्मक फाेटाे

यितेन्द्र शर्मा
पाकिस्तानले बिना कुनै कारण अफगानिस्तानमाथि “एयरस्ट्राईक” गरेको छ । यसले गर्दा त्यहाँका निर्दोष स्थानीय जनता मारिएका छन । तहरिक–ए–पाकिस्तान–तालिबानका आतंककारहिरुलाइ लक्षित गरी “एयरस्ट्राईक” गरिएको पाकिस्तानको दावी रहे पनि यथार्थमा यसवाट अफगानिस्तानको कतिपय निर्दोष नागरिक पनि हताहत भएका छन् । कतिपयले त पाकिस्तानमाथि आफनो नया मित्र रसियावाट प्रभावित भएर यस्तो पाईला चालेको हुन सक्ने आरोप पनि लगाएका हुन । एक समाचार माध्यमका अनुसार जसरी रुसले आफना कमजोर छिमेकी देशहरु माथि अकारण नै आक्रमण गर्ने गर्दछ त्यसरी नै पाकिस्तानले पनि अफगानिस्तान माथि पनि प्रहार गरेको छ ।
कलिफ अनाजले आफनो लेखमा पाकिस्तानले आफनो नया मित्र रसियाली राष्ट्रपति ब्लादिमिर पुटिनवाट बढी प्रभावित भएकै कारण तालिबानहरुको क्षेत्रमा एयरस्ट्राईक गरेको र यसवाट तालिवान लडाकु त होईन तर सर्वसाधारण निर्दोष जनता अवश्य नै हताहत भएका आरोप लागेको छ । युक्रेन र अफगानिस्तानबीच तुलना गर्दै उनले जसरी युक्रेन कमजोर थियो त्यसरी नै अफगानिस्तानसित न त सैन्य क्षमता छ न त आर्थिक अवस्था नै सुदृढ छ । पाकिस्तानसित प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पनि अफगानिस्तान छैन यस्तो दयनीय अवस्थामा तालिबान क्षेत्रमा पाकिस्तानको यस्तो आक्रमणलाई विश्व समुदायले कसरी अनुमति प्रदान गर्न सक्दछ ? भन्ने प्रश्न गरेका छन ।
पाकिस्तानको एयरस्ट्राईकमा अफगानिस्तानमा मारिएकाहरुको संख्या रुसको आक्रमणमा युक्रेनमा मारिएकाहरुको संख्या भन्दा गुणात्मक रुपमा बढी छ । अफगानिस्तानमा एक दिनमा ४० जना मारिएको दावी संयुक्त राष्ट्र संघमा अफगानिस्तानका प्रतिनिधिले गरेका छन् । स्थानीय संचार माध्यमहरु त यो संख्या एक सयको नजिक बताई रहेका छन् । पाकिस्तानले हालै गरेको यो एयरस्ट्राईक टिटिपीका लडाकुहरुद्धारा पाकिस्तानी सेनाका जवानमाथि केही अघि गरिएको आक्रमणको प्रतिशोधमा भएको दावी गरिन्छ अफगानिस्तानका जनता पाकिस्तानको विरोधमा चर्को प्रदर्शन गर्न थालेका छन् । आईतवार खोस्टका नागरिकहरुले पाकिस्तानी आक्रमणको चर्को विरोध गर्दै हजारौंको संख्यामा सडकमा आएर पाकिस्तान विरोधी नारा लगाए, पाकिस्तानी सेनाले खोस्ट तथा कुनार प्रान्तमा गरेको एयरस्ट्राईकको चर्को विरोध गर्दै त्यहाँका पत्रकार विश्लेषक तथा मानवाधिकारवादीले यसलाई अफगानिस्तानको स्वतन्त्रता एवं सार्वभौमिकता माथि नाङ्गो हस्तक्षेपको संज्ञा दिए ।
जबकी पाकिस्तान भन्ने विना कारण गरिएको यस आक्रमणलाई जायज सावित गर्न विभिन्न बहाना बनाउँदै आतंककारी लक्षित आक्रमण बताएको छ । तर यस आक्रमणमा परि ज्यान गुमाउन पुगेका निर्दोष नागरिक बच्चा र महिलाको संख्यालाई हेर्दा यो आक्रमण तालिबान क्षेत्रमा आफनो प्रभुत्व सावित गर्न पाकिस्तानले देखाउन खोजेको दादागिरीको संज्ञा अफगानीहरुले दिएका छन् ।
अफगानिस्तानको वर्तमान तालिवान शासनलाई काबुलको सत्तामा काबिज गराउन पाकिस्तानले नै मुख्य भुमिकाको निर्वाह गरेको थियो तर सत्तामा आए पछि तालिबानहरुले पाकिस्तानको हातको खेलौना बन्न तयार भएन फलस्वरुप पाकिस्तान उस माथि आक्रोशित छ । कतिपयले त पाकिस्तानको सत्तावाट इमरान खानलाई हटाईनु जायज ठह¥याउन पनि पाकिस्तानका सेना प्रमुख कमर जावेद बाजवाले यस्तो पाईला चालेका हुन सक्ने आरोप पनि लगाएका छन् । इमरान खानलाई तालिबानको शासन प्रति सहानुभुति राख्ने शासकको रुपमा सावित गर्न अफगानिस्तानका महिला र बच्चा माथि आक्रमण गरिएको छ । यो अन्तर्राष्ट्रिय मुल्य–मान्यता एवं प्रतिवद्धताको पनि उल्लंघन हो । एउटा छिमेकी देशले अर्को छिमेकीको सार्वभौमिकता अपमान गर्नु उचित होईन । एक किसिमले तालिबान क्षेत्रमा पाकिस्तानी सेनाको कमजोर पर्दै गएको प्रभावलाई बलियो सावित गर्न पनि यस्तो भएको हुन सक्दछ । गरिबी, भोकमरी तथा द्धन्द्धले ग्रसित राष्ट्रलाई आर्थिक एवं मानवीय सहायताको खाँचो छ कुनै सैन्य आक्रमणको होईन । अन्तर्राष्ट्रिय संचार माध्यमले यतातिर पनि ध्यान दिनु आवश्यक छ ।
यस भन्दा केही अघि मात्रै पाकिस्तानको विदेश मन्त्रालयले अफगानिस्तानको भुमिकाबाट पाकिस्तान विरोधी गतिविधि भई रहेको आरोप लगाएको थियो । पाकिस्तानले वर्षौ सम्म आफनै देशमा तालिवानका लडाकुलाई हरेक किसिमको सहयोग गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here