रौतहट ।। रौतहटको सदरमुकाम गौर सहित जिल्लाको विभिन्न भुभागमा लागु औषध सेवन गर्नेको संख्यामा बृद्धि भएको बताईएको छ ।
गौर स्थित स्वास्थ्य कार्यालयमा भएको विद्यार्थी जागरण मञ्च (विजाम)ले आयोजना गरेको सरोकारवालाहरु संग कार्यक्रममा गौरमा मात्र २ सय २२ जनाले लागु औषधको सेवन गर्ने गरेको प्रोग्रम समयोजक तोपेन्द्र साहीले जानकारी गराएका छन् । साहीका अनुसार रौतहटमा मात्र ७ सय ५९ जनाले लागु औषधको सेवन गर्ने मध्ये ६ सय २२ जनामा एच आई भि एड परिक्षण गर्दा २ जनामा पोजेटिभ फेला परेको छ ।
आयोजित कार्यक्रम स्वास्थ्य कार्यालयका महेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो भन्ने कार्यक्रममा स्वास्थ्यकर्मी प्रमोद यादव, अनिल कर्ण, नेपाल रेडक्रस सोसाईटी रौतहट अध्यक्ष संजिव मल्लिक, विजममा अमृता यादव, सुरज कर्ण, सुनिल पण्डित, शैलेन्द्र साह, सोनि मल्लिक लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here