धर्मेन्द्र कुमार साह
पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ४ किलोमिटर पुर्व उतर जुडिवेलामा करिब ४५ वस्तीको एक अब्यबस्थित झुपडी वस्ती देखिन्छ l त्यो वस्ती मुसहर वस्ती हो l तराईको सीमान्तकृत मुसहर समुदाय हरेक वर्षजस्तै यो वर्ष पनि खानेपानीको चरम अभावको सामना गरिरहेका छन्। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिवेला स्थित मुसहर बस्तीका बासिन्दा अहिले गर्मी मौसमको चर्को घामसँगै पानीका लागि संघर्ष गरिरहेका छन्।
४५ वर्षीय उर्मिला देवी माझिको घर त्यहि वस्तीमा पर्छ lउनि एकाबिहानै उठेर वस्ती नजदिक सडक छेउमा रहेको सार्वजनिक धारामा पानि थप्न जान्छन l उनलाई बिहानै धारमा नपुग्ने हो भन्ने भिडमा पालो कुर्नु पर्ने तनाव हुन्छ l वस्तीमा एक मात्र धारा छ l
सो वस्तीमा बसोवास गर्ने ४५ मुसहर परिवारका हरेक महिलाको दैनिकी यस्तै चलेको छ l ४५ मुसहर घरपरिवार संगै सोहि टोलमा बस्ने चौधरी टोल समेतको गर्दा करिब १०० घरपरिवार अहिले सोहि धारामा निर्भरभएपछी मुसहर परिवारलाइ झनै अप्ठ्यारो भएको छ l
उर्मिला माझिले मुसहर वस्तीमा खानेपानीको अभाव कुनै नौलो बिषय नरहेको बताउछिन l “ यहि टोलमा बसेको जमाना भैसक्यो, पानीको लागि सधै महाभारत गर्नु परेको छ l हाम्रो त् यस्तै हो , बानि भैसक्यो ,यो जुनीमा आफ्नै चापाकलबाट पानि खाने इच्छा छ l” उनि दुख पोख्छिन l अन्य मुसहर महिलाहरुको तुलनामा निकै आत्मविस्वासी देखिने उर्मिलाको आत्म विस्वास खानेपानीको धारा जडानको बिषयमा भन्ने कमजोर बन्न पुग्छ l उनले ४५ घर परिवारको वस्तीमा कुनै परिवार संग आफ्नो चापाकल नभएको कथा सुनाउछिन l
सोहि टोल बस्ने सुरेश माझिको चाहना पनि पानीको समस्या समाधान होस् भन्ने हो l तर उनलाई समस्या समाधान हुनेमा बिस्वास छैन l उनले “मुसहर परिवार संग २ देखि ३ धुर सम्म घडेरी छ l सुत्ने,भान्सा गर्ने र बाख्रा बाध्ने घर एउटा छ l सरकारले चाहे पनि चापाकल कहा जडान गर्ने” प्रश्न गरे l
सो टोलको लागि भन्ने यो वर्ष वर्षा नभएर खडेरी पर्दा मात्रै यो समस्या सिर्जना भएको होइन l यो वर्षेनीको समस्या रहेको उनको भनाई छ l “ प्रत्येक दिन हाम्रो यस्तै हो, सडक छेउमा एउटा धारा छ, भाडा धुन देखि नुहाउन र खाना बनाउन पनि त्यहि भर गर्नुपर्छ” सुरेशले बताए l उनि गत वर्ष देखि केहि राहत भएको अर्को रोचक प्रसंग सुनाउछ l
उनले गत वर्ष भन्दा पहिले आफुहरु वस्तीबाट करिब ३०० मिटर परको ब्रह्म बाबा मन्दिरबाट पानि ल्याएर खाने गरेको बताउदै नगरपालिकाको प्रयास पछी वस्ती नजदिकैको धारा सुचारु भएको बताउदै उनले केहि सहजता भएपनि समस्याको समाधान भन्ने हुन् नसकेको बताउछन l
वार्ड कार्यालयको ठिक अगाडी रहेको सो वस्तीको अगाडी बर्षौ पहिले कुनै परियोजनाको क्रममा डिप बोरिंग गरिएको थियो l पछिल्लो समयमा वार्ड कार्यालयले सो बोरिंगमा समर्सियल पम्प जडान गरि बिधुताको ब्यबस्था गरि दिए पछी सो टोलाई केहि राहत पुगेको सुरेशको भनाइ रहेको छ l
स्थानीय लालबाबु माझीको बिचार भन्ने निकै फरक छ l उनले वस्तीका केहि परिवारलाई सरकारले अन्यत्र बसैसराई नगराए सम्म समस्या समाधान नहुने बताउछन l “ २-३ धुर जग्गामा सरकारले सबै सुबिधा कसरि दिन सक्छ? पानि कहा खसाउने, शौचालय कहा बनाउने ? लालाबाबुले तर्क गरे l
सोहि मुसहर टोल संगै जोडिएको छ थारु टोल l ६० वर्षीय देवरत चौधरीले टोलमा बर्सेनि पानीको अभाव देखिए पनि यो वर्ष अवस्था भ्यावाह हुदै गएको बताउछ l उनले प्रत्येक वर्ष फाल्गुन देखि जेठ अषाढ सम्म चापाकाल सुक्ने वा पानीको प्रवाह घट्ने हुदै आएकोमा यो वर्षको लामो खडेरी पश्चात श्रावणमा अवस्था झनै बिग्रिदै गएको बताउछन l उनले चौधरी टोलमा ३० देखि ४० फिट गहिराईको चापाकलहरु सुकिसकेको बताउछन l
“वार्ड कार्यालय अगाडी रहेको बोरिंगको गहिराई ४०० फिट रहेकोले सुक्ने समस्या हुदैन l करिब २५ घर चौधरी परिवार पनि बिहान बेलुका सोहि धाराबाट पानि खाने गरेका छौ” उनले भने l उनले यसो गर्दा धारमा निकै भिड बढेको र यसले निकै कठिनाई भएको बताए l उनले मुसहर वस्तीमा पानि बाहेक पनि अनेकौ समस्या रहेको बताए l
महिलामाथिको दोहोरो बोझ
पानीको अभावले सबैभन्दा बढी असर महिलाहरूमा परेको छ। दैनिक घरेलु काम, सरसफाइ, नुहाउने, धुने लगायतका काममा गाह्रो भएको उनीहरूको भनाइ छ। पानीको खोजीमा घण्टौं समय खर्चिँदा बालबालिका र घरको हेरचाहमा समेत असर पुगेको छ। सो टोलका अधिकांस बालबालिका बिधालय जादैन l खासगरी बालिकाहरु दिन भरि घरमै बस्ने, खाना पकाउने तथा भाडा धुने काममा लागेको देखिन्छ l घरमा ठाउ अभावको कारण सबै मुसहर परिवार भाडा धुन त्यहि धारामा जानुपर्ने अर्को बाध्यता समेत रहेको स्थानीय महिला चन्दा माझि बताउछिन l
नुहाउने घर नहुदा खुल्लामै नुहाउनु पर्ने समस्या
सो वस्तीमा नुहाउने उचित संरचना नहुँदा महिलाहरू खुल्ला स्थानमै नुहाउन बाध्य भएका छन्। सामाजिक लाज, सुरक्षाको डर र आत्मसम्मानको अपमानबीच उनीहरूको दैनिकी बितिरहेको छ।
स्थानीय महिला देवनति माझीले दिउसोको समय सडक छेउमा खुल्ला स्थान गर्न लज्जाबोध हुने भए पनि अर्को बिकल्प नरहको बताउछिन l आफुहरु त जेनतेन समय बिताइरहेका छौ तर किशोरी युवतीहरु खुल्लामा स्नान गर्दा सामाजिक लाज र हिँसा हुने डर सधै हुने गरेको उनि बताउछिन l उनले खुल्लामै नुहाउनुपर्ने बाध्यताले महिलाहरूलाई न केवल मानसिक तनाव दिएको छ, उनीहरू यौनजन्य हिंसा र दुर्व्यवहारको जोखिममा पनि रहेको बताउछिन l
स्थानीय उर्मिला माझीले वस्तीमा कम्तीमा एक सामूहिक नुहाउने घर, शौचालय र सुरक्षित पानी स्रोतको व्यवस्था गर्न माग गरेका छन्। साथै, महिला सुरक्षाका दृष्टिकोणले यस्ता पूर्वाधार तत्काल स्थापना गर्नु अपरिहार्य भएको उनीहरूको भनाइ छ।