रौतहट ।। रौतहट जिल्लाको मौलापुर नगरपालिका ५ मा सडक निर्माणको बिषयमा उत्पन्न भएको विवादको बारेमा समाचार संकलन गर्न गएका रौतहट न्युजका संचालक माथि संघातिक आक्रमण भएको छ।
बिहिवार दिउसो मौलापुर देखि सोनारनिया जाने सडक कालोपत्रे गर्ने बिषयमा स्थानीय आइटी चौकमा विवाद सृजना भएको जानकारी पाउन साथ समाचार संकलन गर्न गएका सन्चारकर्मी राज कुमार यादव माथि आक्रमण भएको हो।
आक्रमणमा परेका पिडित यादवले प्रतिनिधि सभा सदस्य प्रभु साहको छोरा बिबेक साहको नेतृत्वमा आफु माथि भौतिक आक्रमण गरेको आरोप लगाएका छन्। प्रहरीको प्रत्यक्ष रोहवरमा आक्रमण गरिएको उनले बताएका छन्।
गुणस्तरहिन निर्माण कार्य भै रहेकोले स्थानीयले बिरोध गरिरहेको जानकारी प्राप्त हुदा बास्तबिकता बुझ्न गएको बेला बिबेक साह, राजेश साह, अन्जित साह लगायत का समुहले घेरा हाली कुटपिट गरेको दाबी पिडित पत्रकारको रहेको छ।
कुटपिट बाट घाइते भएका पत्रकार यादवको प्रादेशिक अस्पताल गौरमा उपचार भै रहेको छ।
पूर्व मन्त्रि साहका छोरा बिबेक साहले भने आफु माथि गलत आरोप लगाई रहेको बताएका छन्। कुटपिटको घटनामा मेरो कुनै संलग्नता नरहेको प्रस्ट पर्दै दुइ समुह बीच विवाद भै रहेको बेला गएको पत्रकार यादव माथि अन्य समुहले आक्रमण गरेको जनाएका छन्।
यसै बीच नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले पत्रकार यादव माथि कुटपिट गर्ने व्यक्तिलाइ कार्यवाही गर्न माग समेत गरेका छन्।
समाचार संकलन गर्न गएका सन्चारकर्मी यादव माथि गरिएको हमलाको सन्चारकर्मीहरुले बिरोध गर्दै आक्रमण गर्ने व्यक्तिलाइ संरक्षण गर्ने प्रहरी समेत माथि छानबिन गरी कार्यवाही गर्न माग गरेका छन्।
समाचार संक्लन गर्न गएका पत्रकार यादव माथि आक्रमण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।