दैलेख ।। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक हजार ९ सय ८३ जनाले बिभिन्न पदमा मनोनयन दर्ता गराएका छन । जिल्ला निर्वाचन कार्यालय दैलेखले दिएको जानकारी अनुसार जिल्लाको दुल्लू नगरपालिकामा २ सय ५४, आठबीस नगरपालिकामा २ सय २०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा २ सय ३६, र नारायण नगरपालिकामा २ सय ३५ जनाको उम्मेदवारी परेको छ । यस्तै, गुराँस गाउँपालिकामा एक सय ३६, डुंगेश्वर गाउँपालिकामा १ सय १०, भगवतीमाई गाउँपालिकामा एक सय ५०, नौमुले गाउँपालिकामा १ सय ५४, महाबु गाउँपालिकामा एक सय ५६, भैरवी गाउँपालिकामा एक सय ७५ र ठाटीकाँध गाउँपालिकामा एक सय ५७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर पालिका प्रमुखमा ७७, उपप्रमुखमा ६५ जनाको उम्मेदवारी परेको छ भने वडाअध्यक्षमा ४ सदस्यमा ३ सय ८ जनाले उम्मेदवारी दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here