एजेन्सी ।। भारतमा कोरोना महामारीको चौथो लहरको जोखिम बढ्न थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लाग्नुभएको छ । भारतको उत्तर प्रदेश, राजधानी दिल्ली, महाराष्ट्र लगायतका राज्यमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रधानमन्त्री मोदीले आज मध्याह्न सवा १२ बजेबाट मुख्यमन्त्रीहरूसँग छलफल गर्नुहुनेछ । छलफलमा कोरोनाको नयाँ सङ्क्रमणदरको अवस्था, कोरोनाविरुद्धको खोप अभियान, पूर्व तयारी लगायतका विषयमा छलफल हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच, भारतले ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने कोरोनाविरुद्धको खोपलाई अनुमति दिएको छ । भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिनलाई ६ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाउन आपतकालिन अनुमति दिइएको स्वास्थ्यमन्त्री मन्सुक मान्डव्यले जानकारी दिनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here