एजेन्सी ।। युक्रेनका राष्ट्रपति भ्लोदामिर जेलेन्सिकीले युद्ध अन्त्यको विषयमा पुनः वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गर्नुभएको छ । झन्डै २ महिनादेखि जारी युद्धको कुनै परिणाम निस्कन नसकेको र लाखौं मानिस प्रभावित भएका कारण युद्ध अन्त्यका लागि जेलेन्सिकीले वार्ताका लागि आग्रह गर्नुभएको हो । यसअघि भएका वार्ताहरूबाट कुनै निस्कर्स निस्कन नसक्दा युद्ध जारी नै छ । युक्रेन र रुस युद्धको आज दुई महिना पूरा भएको छ । यस अवधिमा १ करोडभन्दा बढी मानिस युक्रेनबाट पलायन भएका छन् भने रुसले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनाउँदै मारियुपोल सहरमाथि कब्जा गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here