राैतहट ।। मधेश प्रदेशका सांसद एवं पूर्व मन्त्री डिम्पल झाको निधन भएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट २०७४ को चुनावमा रौतहटबाट समानुपातिकतर्फ सांसद बन्नुभएका झाको ४० वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक स्रोतले बताएको छ । २ वर्षदेखि रक्त क्यान्सरबाट पीडित सांसद झा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पूर्व राज्यमन्त्री हुनुहुन्थयो । झा पूर्व संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । सांसद झाको आजै अन्त्येष्ठि गरिने जनाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here