काठमाडाैं ।। आज १६ औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०६३ साल वैैशाख ११ गते संसद् पुनस्र्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइन्छ । नेपालमा १० वर्षसम्म सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण बाटोमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रीत शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको उक्त आन्दोलन नेपालको राजनीति यात्रामा महत्वपूर्ण मानिन्छ । तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौतापछि गरिएको आन्दोलनको जगमै नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटन् गरेर २०६३ बैसाख ११ गते पुनस्र्थापना गर्नुभएको थियो । ७ दल र माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन भएको थियो । आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले १९ दिनसम्म चलेको आन्दोलनका कारण २०६३ वैशाख ११ गते राति संसद पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभएको थियो । २०६३ जेठ ४ गते बसेको पुर्नस्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गरेको थियो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षदेखि रहेको राजसंस्थाको विधिवत अन्त्य गर्दै गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो ।
आज १६ औँ लोकतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।